सूचना तथा समाचार

अनुकुलन एक्स-परियोजना थारु महिला उत्थान केन्द्रद्वारा परियोजना जानकारी कार्ययाशाला गोष्ठी सम्पन्न

मधुवन नगरपालिकाको समन्वय अनुकुलन एक्स-परियोजना थारु महिला उत्थान केन्द्र गुलरिया,बर्दिया को आयोजनामा मधुवन नगरपालिकाको कार्यालयमा मिति २०७५/३/१३ गते परियोजना जानकारी कार्ययाशाला गोष्ठी सम्पन्न भएको छ 

धेरै पटक बच्चा तौलने आमाहरुलाई पुरस्कार वितरण

मधुवन नगरपालिका स्वास्थ्य शाखाले विभिन्न वडाहरुमा कार्यक्रम गर्ने क्रममा ५ नं .

किशोरिहरुलाई आईरन फोलिक एसिड वितरण सम्बन्धि नगरपालिका स्तरीय १ दिने अभिमुखीकरण तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम

मधुवन नगरपालीका स्वास्थ्य शाखा द्वारा मिति २०७५/०२/२४ गते आयोजित किशोरिहरुलाई आईरन फोलिक एसिड वितरण सम्बन्धि नगरपालिका स्तरीय १ दिने अभिमुखीकरण तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ |

जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको सुरुवात

मधुवन नगरपालिकाले मिति २०७५/०२/२३ गते बाट जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको सुरुवात गरेको छ | सो कार्यक्रमको प्रमुख प्रसशाकिय अधिकृत गोपालराज तिमिल्सिना ज्यु द्वारा वार्ड नं ९ कि जेष्ठ नागरिक नन्दश्री गुरुङ लाइ जेष्ठ नागरिक परिचय पत्र प्रदान गरि उद्घाटन गर्नुभएको छ |

१००० दिने आमाहरुलाई ८ हप्ते कुखुराका चल्ला वितरण

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत मधुवन नगरपालिका पशु सेवा शाखाले २०० जना १००० दिने आमाहरुलाई ८ हप्ते कुखुराका चल्ला ५/५ वटाका दरले वितरण गरेको छ | जसमा 
वार्ड नं 3 - ५० जना 
वार्ड नं ४ - ५० जना 
वार्ड नं ५ - ५० जना 
वार्ड नं ८ - २५ जना 
वार्ड नं ९ -२५ जना

अ.हे.व,हे.अ,स्टाफ नर्स र अ.न.मीहरूकाे नतिजा

यस मधुवन नगरपालिकाले अ.हे.व,हे.अ,स्टाफ नर्स र अ.न.मीहरूकाे सिफारिसमा परेका उम्मेदवारहरूकाे नामावली र बैकल्पिकमा परेका उम्मेदवारहरूकाे नामावली सार्वजनिक गरेकाे छ ।

पोषणका लागि हातेमालो कार्यक्रम

मधुवन नगरपालिका ( पशु स्वास्थ्य शाखा) द्वारा आयोजना गरिएको पोषणका लागि हातेमालो कार्यक्रम - सुनौला १००० दिनका आमाहरुलाई १ दिने कुखुरापालन तालिम तथा पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रमका क्रममा मधुवन नगरपालिकाको वार्ड नं ४ मा मिति २०७५/०२/१७ मा कार्यक्रम सम्पन्न गरेको छ

लागुपदार्थ दुर्व्यसन सम्बन्धि जनचेतनामुलक सडक नाटक

मधुवन नगरपालिकाको आयोजना तथा सप्तरंगी मंच ,बर्दियाका कलाकारहरु द्वारा लागुपदार्थ दुर्व्यसन सम्बन्धि जनचेतनामुलक सडक नाटक प्रदर्सनका क्रममा १७ नं चोकमा समापन कार्यक्रम सम्पन्न भएको छ

Pages